विषयः  सूचना ।

उपर्युक्त सम्बन्धमा श्री कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको च.न. ४०७, मितिः २०७८/०७/२३ को पत्र तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान केन्द्रिय कार्यालयको च.न. १६६, मिति २०७८/०७/१४ को पत्रानुसार कर्णाली प्रदेश भित्रका माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक तहका विज्ञान शिक्षकहरुलाई पुरस्कृत गर्ने कार्यक्रम भएकोले तपसिलका कागजात र प्रमाण सहित यस निर्देशनालयमा मिति २०७८/०७/२७ गते भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैलाई यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

-विद्यालयको ३ वर्षको अवधिमा विज्ञानका विद्यार्थी उत्तीर्ण प्रतिशतको विद्यालय र शिक्षा विकास समन्वय इकाईबाट प्रमाणित कागजात,

-विज्ञान शिक्षा पाठ्यक्रम परिमार्जन र पुस्तक प्रकाशन वा योगदान पुर्याएको आधिकारिक प्रमाण,

-विज्ञान शिक्षा अध्यापन विधि (Tools) मा नयाँपन ल्याउन पुर्याएको योगदानको प्रमाणित कागजात,

-वैज्ञानिक लेख प्रकाशन तथा लेखन कलामा विद्यार्थीलाई सहयोग गरेको प्रमाणित कागजात,

-कार्यरत विद्यालयको पत्र ।