उच्चशिक्षा प्राविधिक छात्रवृत्ति सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार कर्णाली प्रदेशको लागि स्नातक तह चिकित्सा, इन्जिनियरिङ, कृषि, बन र भेटेनरी प्रदेशस्तरीय उच्चशिक्षा छात्रवृत्ति वितरणका लागि छात्रवृत्ति निर्देशक समितिको मिति २०७९/०२/१७ गतेको वैठकको निर्णय अनुसार सूचना प्रकाशन गर्ने निर्णय भएकोले २०७९/०२/१९ देखि २०७९/०३/०२ सम्म १५ दिने म्याद राखी तपसिलमा उल्लेखित कोटा अनुसारको छात्रवृत्ति प्राप्त गर्न कर्णाली प्रदेशको स्थायी बासिन्दा भई देश भित्रका शैक्षिक संस्थाहरुमा अध्ययनरत रहेका विद्यार्थीहरुले यस निर्देशनालयको वेव साइट edd.karnali.gov.np मा राखिएको उच्चशिक्षा प्राविधिक छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । छात्रवृत्ति छनौटको मापदण्ड र आधार एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ ले निर्दिष्ट गरे बमोजिम हुनेछ ।

तपसिलः

छात्रवृत्ति वितरणको कोटा निम्नानुसार हुनेछ ।

कस

छात्रवृत्ति प्रदान गरिने स्नातक तहका विषय

सुर्खेत

दैलेख

जाजरकोट

सल्यान

रुकुम पश्चिम

कालिकोट

हुम्ला

मुगु

जुम्ला

डोल्पा

जम्मा

१

एमबिबिएस

१

१

१

१

१

१

१

१

१

१

१०

२

आयुर्बेद, फार्मेसि, रेडियोलोजि,
नर्सिङ, जनस्वास्थ्य, स्वास्थ्य प्रयोगशाला

१

१

१

१

१

१

१

१

१

१

१०

३

इन्जिनियरिङ

१

१

१

१

१

१

१

१

१

१

१०

४

कृषि, खाद्य प्रविधि, बाली बिज्ञान

१

१

१

१

१

१

१

१

१

१

१०

५

भेटनेरी

१

१

१

१

१

१

१

१

१

१

१०

६

बन विज्ञान

१

१

१

१

१

१

१

१

१

१

१०

७

आइसिटि, आइटि, विएस्सी आइटि

१

१

१

१

१

१

१

१

१

१

१०

 

कुल जम्मा

७

७

७

७

७

७

७

७

७

७

७०

आवेदन फारामसंग पेश गर्नुपर्ने कागजातहरुः

१.सम्बन्धित निकायले लिएको प्रवेश परीक्षामा प्राप्त अंकको प्रमाणित प्रतिलिपि, २. अध्ययनरत भन्दा तल्लो तहको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्र,  ३. सम्बन्धित स्थानीय तहको स्थायी ठेगाना प्रमाणित गरेको कागजात,  ४. अध्ययनरत शिक्षालयले हाल अध्ययनरत नियमित विद्यार्थी भएको तथा उक्त संस्थाबाट छात्रवृत्तिमा अध्ययन नगरेको भनि स्पष्ट खुलाएको सिफारिस,  ५. एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ को अनुसूची-३ बमोजिमको अध्ययन पूरा गरे पछि मन्त्रालयले खटाएको प्रदेश भित्रको जुनसुकै स्थानमा कम्तिमा २ वर्ष काम गर्नेछु भनी  गरेको कबुलियतनामा, ६. प्रतिवर्ष/प्रति सेमेस्टर लाग्ने शुल्क विवरणको अध्ययनरत संस्थाले दिएको सक्कल पत्र ।

पुनश्चः छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ९८५८०४९९००, ९८४१४५४७४७, ९८५८०५१९४३, मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।