१. प्राविधिक छोरीबुहारी छात्रवृत्तिः

छोरीबुहारी छात्रवृति आवेदन भर्नका लागि आवश्यक योग्यताः

  1. सरकारी विद्यालयबाट SEE/SLC उत्तीर्ण गरेको र प्राविधिक ३ वर्षे डिप्लोमा भर्ना भई अध्ययनरत हुनुपर्ने,
  2. कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस भएको हुनुपर्ने,
  3. तीन वर्षे डिप्लोमा तहमा भर्ना भई नियमित अध्ययन गरेको  र यो वर्ष अध्ययनरत शैक्षिक संस्थाबाट वा अन्य कुनै प्रकारका रु. ५०,०००/- माथिको छात्रवृत्ति नपाएको भनी अध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
  4. कर्णाली प्रदेश सरकारबाट अघिल्ला आर्थिक वर्षहरुमा छात्रवृत्ति प्राप्त नगरेको हुनु पर्ने,
  5. छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी कुनै प्रकारको स्थायी, अस्थायी वा करार नोकरीमा कार्यरत नभएको हुनु पर्ने,
  6. छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालय/सामाजिक विकास कार्यालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित सुर्खेत जिल्लाको हकमा शिक्षा विकास निर्देशनालय तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।

छात्रवृत्ति रकमः अध्ययनरत अवधिभर एक पटक बढिमा लाखका दरले उपलब्ध गराइने

२. उच्चशिक्षा अपाङ्ग छात्रवृत्तिः

उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः

  1. सामुदायिक/सरकारी क्याम्पसमा स्नातक वा स्नातकोत्तर तहमा भर्ना भई अध्ययनरत हुनु पर्ने,
  2. कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस हुनु पर्ने,
  3. सम्बन्धित निकायको अपाङ्ग प्रमाणित कागजात हुनुपर्ने,
  4. भर्ना भई नियमित अध्ययन गरेको  र यो वर्ष अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको भनी अध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
  5. छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी कुनै प्रकारको स्थायी, अस्थायी वा करार नोकरीमा कार्यरत नभएको हुनु पर्ने,
  6. छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालय/सामाजिक विकास कार्यालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित सुर्खेत जिल्लाको हकमा शिक्षा विकास निर्देशनालय तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।

छात्रवृत्ति रकमः  २४ हजारका दरले उपलब्ध गराइने

३. उच्चशिक्षा दलित छात्रवृत्तिः

उच्चशिक्षा दलित छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः

  1. सामुदायिक/सरकारी क्याम्पसमा स्नातक वा स्नातकोत्तर तहमा भर्ना भई अध्ययनरत हुनु पर्ने,
  2. कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस हुनु पर्ने,
  3. सम्बन्धित निकायको दलित प्रमाणित कागजात हुनुपर्ने,
  4. भर्ना भई नियमित अध्ययन गरेको  र यो वर्ष अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको भनी अध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
  5. कर्णाली प्रदेश सरकारबाट अघिल्ला आर्थिक वर्षहरुमा छात्रवृत्ति प्राप्त नगरेको हुनु पर्ने,
  6. छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी कुनै प्रकारको स्थायी, अस्थायी वा करार नोकरीमा कार्यरत नभएको हुनु पर्ने,
  7. छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालय/सामाजिक विकास कार्यालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित सुर्खेत जिल्लाको हकमा शिक्षा विकास निर्देशनालय तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।

छात्रवृत्ति रकमः अध्ययनरत अवधिभर एक पटक  २४ हजारका दरले उपलब्ध गराइने

४. कर्णाली प्रदेश घोषणाका सहिदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति

उच्चशिक्षा कर्णाली प्रदेश घोषणा सहिद छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः

  1. सामुदायिक/सरकारी क्याम्पसमा भर्ना भई स्नातक वा स्नात्कोत्तर तह अध्ययनरत हुनु पर्ने,
  2. सम्बन्धित स्थानीय तहको शहिदसंगको नाता प्रमाणित प्रमाणपत्र हुनुपर्ने,
  3. भर्नाभई नियमित अध्ययन गरेको भनीअध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
  4. छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित शिक्षा विकास निर्देशनालय, सुर्खेतमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।

छात्रवृत्ति रकमः ३० हजारका दरले उपलब्ध गराइने

५. उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति (सशर्त):

उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति (सशर्त) छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः

  1. सामुदायिक/सरकारी क्याम्पसमा भर्ना भई स्नातक वा स्नात्कोत्तर तह अध्ययनरत हुनु पर्ने,
  2. कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस हुनु पर्ने,
  3. सम्बन्धित निकायको अपाङ्ग प्रमाणित कागजात हुनुपर्ने,
  4. छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित शिक्षा विकास निर्देशनालय, सुर्खेतमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।

छात्रवृत्ति रकमः २४ हजारका दरले उपलब्ध गराइने

६. डुम, मुसहर र चमार समुदाय तथा प्रदेश भित्रका अतिसीमान्तकृत एवम् लोपुन्मुख जातजातिका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति (सशर्त):

छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः

  1. सामुदायिक/सरकारी क्याम्पसमा भर्ना भई स्नातक वा स्नात्कोत्तर तह अध्ययनरत हुनु पर्ने,
  2. डुम, मुसहर र चमार समुदाय तथा प्रदेश भित्रका अतिसीमान्तकृत एवम् लोपुन्मुख जातजाति हो भनि सम्बन्धित निकायको प्रमाणित कागजात हुनुपर्ने,
  3. उत्तीर्ण तहमा प्रथम श्रेणी वा २.८ GPA वा सोभन्दा माथिको GPA प्राप्त गरेको हुनु पर्ने,
  4. छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित शिक्षा विकास निर्देशनालय, सुर्खेतमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।

छात्रवृत्ति रकमः २५ हजारका दरले उपलब्ध गराइने