सुर्खेत जिल्लास्तरीय छात्रवृत्ति सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७९/०८० मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि तपसिल बमोजिमका छात्रवृत्ति वितरणका लागि जिल्ला छात्रवृत्ति वितरण समितीको मिति २०८०/०१/०७ गतेको वैठकको निर्णय अनुसार २०८०/०१/०८ देखि २०८०/०१/२८ गतेसम्म २१ दिने म्याद राखी सूचना प्रकाशन गर्ने निर्णय भएकोले तपसिलमा उल्लेखित छात्रवृत्ति प्राप्त गर्न सुर्खेत जिल्लामा स्थायी बसोबास भई कर्णाली प्रदेश भित्रको शैक्षिक संस्थामा अध्ययनरत तथा एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० मा उल्लेखित आधारहरु पुरा भएका विद्यार्थीहरुले यस कार्यालयको वेव साइट edd.karnali.gov.np मा राखिएको छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

क्र.स.

छात्रवृतिको नाम

छात्रवृत्ति प्रदान गरिने विषय / तह

कोटा जना

दर रकम

आवेदन फाराम साथ बुझाउनुपर्ने कागजात

प्राविधिक छोरीबुहारी छात्रवृत्ति

प्राविधिक विषय/ वर्षे डिप्लोमा/ प्रमाणपत्र तह वा सो सरह

२०

५० हजार

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । नागरिकता प्राप्त गर्न उमेर नपुगेका विद्यार्थीको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,

२. बुहारीको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि,

३. सम्बन्धित स्थानीय तहबाट स्थायी ठेगाना प्रमाणित कागजात,

४. मान्यता प्राप्त सामूदायिक शिक्षण संस्थाबाट एस.इ.इ./एस.एल.सी. परीक्षा उत्तीर्ण प्रमाणपत्र,

५. नियमितरुपमा अध्ययनरत रहेको र शिक्षण शुल्क बुझाएको तथा अन्य कुनै निकायबाट छात्रवृत्ति वा नि:शुल्क वृत्ति नपाएको व्यहोराको अध्ययनरत शैक्षिक संस्थाको सिफारिसपत्र

उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति

सबै विषय/ स्नातक वा स्नातकोत्तर

१०

२४ हजार

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. सम्बन्धित निकायबाट जारी भएकोअपाङ्गता प्रमाणपत्र,

३. सम्बन्धित स्थानीय तहबाट स्थायी ठेगाना प्रमाणित कागजात,

४. नियमितरुपमा अध्ययनरत रहेको र अन्य कुनै निकायबाट छात्रवृत्ति नपाएको भनी अध्ययनरत शैक्षिक संस्थाको सिफारिस,

५. अध्ययनरत तह भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।

उच्चशिक्षा दलित छात्रवृत्ति

सबै विषय/ स्नातक वा स्नातकोत्तर

१०

२४ हजार

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. नेपाल सरकारबाट सूचीकृत नभएको दलितका हकमा जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र,

३. सम्बन्धित स्थानीय तहबाट स्थायी ठेगाना प्रमाणित कागजात,

४. नियमितरुपमा अध्ययनरत रहेको र अन्य कुनै निकायबाट छात्रवृत्ति नपाएको भनी अध्ययनरत शैक्षिक संस्थाको सिफारिस,

५. अध्ययनरत तह भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।

पुनश्चः छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं., ९८५८०२०२७६, ९८४१४५४७४७, मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । साथै, आवेदक स्वयमको व्यक्तिगत खाताको चेकको प्रतिलिपि अनिवार्य संलग्न राख्नुपर्नेछ ।