सुर्खेत जिल्लास्तरीय छात्रवृत्ति सम्बन्धी सूचना
सुर्खेत जिल्लास्तरीय छात्रवृत्ति सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि तपसिल बमोजिमका जिल्लास्तरीय छात्रवृत्ति वितरणका लागि जिल्ला छात्रवृत्ति वितरण समितीको मिति २०७९/०१/१२ गतेको वैठकको निर्णय अनुसार २०७९/०१/१३ देखि २०७९/०१/२८ सम्म १५ दिने म्याद राखी सूचना प्रकाशन गर्ने निर्णय भएकोले तपसिलमा उल्लेखित छात्रवृत्ति प्राप्त गर्न एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ मा उल्लेखित आधारहरु पुरा भएका विद्यार्थीहरुले यस कार्यालयको वेव साइट edd.karnali.gov.np मा राखिएको छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिलः
|
क्र.स. |
छात्रवृतिको नाम |
छात्रवृत्ति प्रदान गरिने विषय / तह |
कोटा |
दर रकम |
बुझाउनुपर्ने कागजात |
|
१ |
प्राविधिक छोरीबुहारी छात्रवृत्ति |
प्राविधिक विषय/ ३ वर्षे डिप्लोमा/ प्रमाणपत्र तह वा सो सरह |
५० |
५० हजार |
फाराममा उल्लेख भए बमोजिम |
|
२ |
उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
१० |
२४ हजार |
फाराममा उल्लेख भए बमोजिम |
|
३ |
उच्चशिक्षा दलित छात्रवृत्ति |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
१० |
२४ हजार |
फाराममा उल्लेख भए बमोजिम |
पुनश्चः छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम, छात्रवृत्ति प्राप्त गर्न उल्लेखित आधारहरु तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ९८५८०४९९००, ९८४१४५४७४७, ९८५८०५१९४३ मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । साथै, आवेदक स्वयमको व्यक्तिगत खाताको चेकको प्रतिलिपि अनिवार्य संलग्न राख्नुपर्नेछ ।
प्रदेशस्तरीय छात्रवृत्ति सम्बन्धी सूचना
प्रदेशस्तरीय छात्रवृत्ति सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार कर्णाली प्रदेशको लागि तपसिल बमोजिमका प्रदेशस्तरीय छात्रवृत्ति वितरणका लागि छात्रवृत्ति वितरण समितिको मिति २०७९/०१/१२ गतेको वैठकको निर्णय अनुसार २०७९/०१/१३ देखि २०७९/०१/२८ सम्म १५ दिने म्याद राखी सूचना प्रकाशन गर्ने निर्णय भएकोले तपसिलमा उल्लेखित छात्रवृत्ति प्राप्त गर्न एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ मा उल्लेखित आधारहरु पुरा भएका विद्यार्थीहरुले यस कार्यालयको वेव साइट edd.karnali.gov.np मा राखिएको छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिलः
|
क्र.स. |
छात्रवृतिको नाम |
छात्रवृत्ति प्रदान गरिने विषय / तह |
कोटा |
दर रकम |
बुझाउनुपर्ने कागजात |
|
१ |
उच्चशिक्षा जेहेन्दार छात्रवृत्ति |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
२० |
२४ हजार |
फाराममा उल्लेख भए बमोजिम |
|
२ |
उच्च शिक्षा सिमान्तकृत तथा लोपुन्मुख छात्रवृत्ति |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
१० |
२४ हजार |
फाराममा उल्लेख भए बमोजिम |
|
३ |
जनआन्दोलन र जनयुद्ध शहिदका सन्ततिका लागि उच्चशिक्षा छात्रवृत्ति |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
|
२४ हजार/प्राविधिक विषय अध्ययनरतका हकमा एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ को दफा ९ अनुसार |
फाराममा उल्लेख भए बमोजिम |
पुनश्चः छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम, छात्रवृत्ति प्राप्त गर्न उल्लेखित आधारहरु तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ९८५८०४९९००, ९८४१४५४७४७, ९८५८०५१९४३ मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । साथै, आवेदक स्वयमको व्यक्तिगत खाताको चेकको प्रतिलिपि अनिवार्य संलग्न राख्नुपर्नेछ ।
Pagination
- Previous page ‹‹
- Page 18
- Next page ››