कर्णाली प्रदेशस्तरीय "विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम" भव्य रुपमा सम्पन्न
*************************
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा मिति २०८२/०२/२४ गते शनिबार, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको प्राङ्गणमा कर्णाली प्रदेशका दश वटै जिल्लाहरु (कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, दैलेख, मुगु, रुकुम पश्चिम, सुर्खेत, सल्यान र हुम्ला) मा 'जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम' मा उत्कृष्ट स्थान प्राप्त गरि पुरस्कृत भई छनोट भएका माध्यमिक तह (९-१०) मा अध्ययनरत विद्यार्थीहरु बिच प्रदेशस्तरीय "विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान" कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
कर्णाली प्रदेशको सन्दर्भमा विज्ञान र प्रविधि क्षेत्रको एक महत्वपूर्ण, ऐतिहासिक एवं प्रथम प्रदेशस्तरीय स्तरिय "विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम" शिक्षा विकास निर्देशनालयका निर्देशक श्री दिपा हमाल ज्यूको अध्यक्षतामा सञ्चालन भएको हो। कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी, विशेष अतिथि सामाजिक मन्त्रालयका सचिव श्रीमान अर्जुन गौतम, अतिथि शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका इकाइ प्रमुख महेशकेशर खनाल, शिक्षा विकास निर्देशनालयका उपसचिव लक्ष्मी प्रसाद भट्टराई, मानव संशाधन विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक खिम प्रसाद ढकाल, विज्ञान शिक्षक समाज नेपाल (STAN) का केन्द्रिय सदस्य एंव विज्ञान शिक्षक चन्द्रलाल सापकोटा, शिक्षा विकास निर्देशनालयका शिक्षा अधिकृत धन बहादुर विष्ट, लेखा अधिकृत यमुना क्षेष्ठ, पत्राकार महासंघ सुर्खेतका जिल्ला अध्यक्ष शुसिल शर्मा तथा कार्यक्रम समितिका सदस्यहरु लोकेन्द्र चन्द र किरण भण्डारी र विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रमका मूल्याङ्कन विज्ञहरु सुर्खेत बहुमुखि क्याम्पसका उपप्राध्यापक युवत कुमार ओली, मानव संशाधन विकास केन्द्र सुर्खेतका विज्ञान प्रशिक्षक नरेन्द्र प्रसाद भट्ट र अमरज्योति मावि वीरेन्द्रनगर सुर्खेतका विज्ञान शिक्षक लोकेन्द्र सुवेदी को गरिमामय उपस्थिति रहेको थियो । यस कर्णाली प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रमको सञ्चालन शिक्षा विकास निर्देशनालयका वरिष्ट प्राविधिक सहायक कविता घिमिरे ज्यू ले गर्नुभएको थियो ।
शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आयोजना गरिएको यस कार्यक्रममा कार्यालयको प्राङ्गणमा व्यवस्थित गरिएका १० जिल्लाका उत्कृष्ट प्रदर्शनी स्टलहरु र सुर्खेत जिल्लाबाट जिल्लास्तरीय प्रदर्शनीमा पुरस्कृत प्रदर्शनी स्टलहरु प्रमुख अतिथि माननीय मन्त्री ज्यू, विशेषअतिथि श्रीमान सचिव ज्यू, श्रीमान निर्देशक ज्यू, सम्पूर्ण अतिथि ज्यूहरु द्वारा सबै स्टलहरुको एकदमै महत्वका साथ अवलोकलन र विद्यार्थी भाइबहिनीहरुसँग अन्तरक्रिया गरेर सहभागी भाइबहिनीहरुलाई विज्ञानको क्षेत्रमा अझै राम्रो गर्नलाई हौसला प्रदान गर्नु भएको थियो । कर्णाली प्रदेशका दश जिल्लाबाट प्रदर्शनीमा सहभागी हुन आउनु भएका उत्कृष्ट विद्यार्थी भाइबहिनीहरु मन्त्री ज्यू, सचिव ज्यू, लगायत सबैसँग अन्तरक्रिया गर्न पाउँदा विद्यार्थीहरु एंव विज्ञान शिक्षकहरुमा एमदम खुसि एंव थप उर्जा उत्पन्न भएको महसुस गरेको देखिन्थ्यो । त्यसैगरी कार्यक्रममा विज्ञान शिक्षक समाज नेपाल (STAN) का स्टानकर्मीहरु एंव कर्णाली प्रदेशका दस जिल्लाबाट माध्यमिक तहको टिपीडी तालिममा सहभागी हुन आउनुभएका छत्तिस जना विज्ञान शिक्षकहरुद्वारा अवलोकन भएको थियो ।
कर्णाली प्रदेशका विद्यालयहरुमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुमा वैज्ञानिक चेतना अभिवृद्धि, वैज्ञानिक व्यवहार, वैज्ञानिक सीपको विकास गर्न, वैज्ञानिक अध्ययन, खोज, अनुसन्धान, आविष्कार जस्ता कार्यमा प्रोत्साहन गर्न र विज्ञान तथा प्रविधि विषयमा रुचि बढाउन सामाजिक मन्त्रालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आयोजना गरिएको हो । यस कार्यक्रमले कर्णाली प्रदेशका विद्यालय शिक्षा सँग र विज्ञान तथा प्रविधि सँग सम्बन्धित संघसस्थाहरु शिक्षा विकास तथा समन्वय इकाइ, कर्णाली प्रदेशका सबै स्थानीय पालिकाहरु एंव शिक्षा शाखा, सम्पूर्ण विद्यालयहरु लगायत सम्बन्धित सबैलाई आगामी दिनहरुमा यस्ता वैज्ञानिक कार्यक्रमहरु गर्न मार्गनिर्देश गरेको छ। यस ऐतिहासिक कार्यक्रममा कर्णाली प्रदेशका दश जिल्लाबाट सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु र संरक्षक विज्ञानकर्मीज्यूहरु एंव समन्वय गरिदिनुहुने सामाजिक विकास कार्यालयहरु, विद्यालयका प्रधानाध्यापक ज्यूहरु र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्यूहरुमा हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौं ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेशको सन्दर्भमा विज्ञान र प्रविधि क्षेत्रको एक महत्वपूर्ण, ऐतिहासिक एवं प्रथम प्रदेशस्तरीय स्तरिय "विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम" मा सहभागी भई तपशिलका विद्यालयहरुबाट आउनुभएका विद्यार्थी भाईबहिनीहरु पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । यहाँहरुको आगामी दिनहरुमा विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपूर्ण योग्दान रहोस् भनि शुभकामना व्यक्त गर्दछौं ।
तपसिल :
१. प्रथम- हुम्ला: आकाश शाही र सन्तोष शाही
(नगद पुरस्कार रु. ३५००० र प्रमाणपत्र)
श्री मानसरोवर नमुना मावि हुम्ला
२. द्वितिय-जुम्ला : तुफान कार्की र दिनेश कठायत
(नगद पुरस्कार रु. ३०००० र प्रमाणपत्र)
श्री कर्णाली मावि अनामनगर जुम्ला
३. तृतीय - सुर्खेत : एन्जल के.सि. र हिमान्शु पुन
(नगद पुरस्कार रु. २५००० र प्रमाणपत्र)
श्री सिद्धार्थ पाठशाला वीरेन्द्रनगर सुर्खेत
४. सान्त्वना - सल्यान : अभिनव आचार्य र दिया क्षेष्ठ
(नगद पुरस्कार रु. २०००० र प्रमाणपत्र)
श्री त्रिभुवन जन मा.वि.लुहापिङ्ग, सल्यान
*************************************
*सहभागी भई प्रोत्साहन पुरस्कार (रु. ४०००) र प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुका विद्यालयहरुको विवरण:
१. श्री महादेव मावि राराकाटिया कालिकोट र श्री नन्दादेवी मावि कालिकोटका २ जना विद्यार्थीहरु
२. श्री त्रिभुवन मावि दैलेखका २ जना विद्यार्थीहरु
३. श्री सरस्वती मावि डोल्पाका २ जना विद्यार्थीहरु
४. श्री विजयश्वरी इङ्लिस बोर्डिङ स्कूल रुकुम पश्चिमका २ जना विद्यार्थीहरु
५. श्री वीरेन्द्र मावि जाजरकोट २ जना विद्यार्थीहरु
६. श्री मिन मावि भारेकोट मुगु र श्री महाकाली मावि मुगुका २ जना विद्यार्थीहरु
यस प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा राखिएका प्रदर्शनी स्टलहरुको निष्पक्ष मूल्याङ्कन गरेर अमूल्य सहयोग गर्नुहुने मूल्याङ्कन विज्ञहरु सुर्खेत बहुमुखि क्याम्पसका उपप्राध्यापक युवत कुमार ओली, मानव संशाधन विकास केन्द्र सुर्खेतका विज्ञान प्रशिक्षक नरेन्द्र प्रसाद भट्ट र अमरज्योति मावि वीरेन्द्रनगर सुर्खेतका विज्ञान शिक्षक लोकेन्द्र सुवेदी ज्यूलाई धेरै धेरै धन्यबाद व्यक्त गर्दछौं ।
अन्त्यमा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम, युवाहरुका लागि विज्ञान तथा प्रविधि प्रबर्द्धन कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम, जस्ता विज्ञान तथा प्रविधिका विभिन्न विधाहरुमा विगतका वर्षहरुमा पनि धेरै कार्यक्रमहरु यस शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा सञ्चालन भइसकेका छन् । विज्ञान र प्रविधिलाई अनि विद्यार्थी र विज्ञानकर्मीहरुलाई नजिकबाट सम्बोधन गर्नुहुने अनि यस महत्वपूर्ण कार्यक्रमलाई कार्यान्वयन गरेर कर्णालीका आम विज्ञानकर्मीहरुलाई अवसर एंव हौसला प्रदान गर्न र यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष एंव अप्रत्यक्ष रुपमा लागि पर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।