छात्रवृत्ति म्याद थप सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७७/०७८ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि छोरीबुहारी छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपांग छात्रवृत्ति तथा कर्णाली प्रदेशका १० वटै जिल्लाका लागि कर्णाली प्रदेश घोषणाका शहिदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाँग छात्रवृत्ति (सशर्त) र डुम, मुसहर र चमार समुदाय तथा प्रदेश भित्र पहिचान भएका अतिसीमान्तकृत एवम् लोपुन्मुख जातजातिका विद्यार्थीका लागि स्नातक र स्नातकोत्तर अध्ययन छात्रवृत्ति (सशर्त) वितरणका लागि छात्रवृत्ति व्यवस्थापन तथा छनौट समितीको मिति २०७७/१२/०१ गतेको वैठकको निर्णय अनुसार छात्रवृत्ति आवेदन फाराम बुझाउने मिति २०७७/१२/०२ देखि २०७७/१२/१६ सम्म १५ दिनका लागि थप गर्ने निर्णय गरिएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

पुनश्चः फाराम डाउनलोड, छात्रवृत्ति प्राप्त गर्न उल्लेखित आधारहरु तथा अन्य जानकारीको लागि वेव साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ०८३-५२०१०८, ९८४१४५४७४७ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।