छात्रवृत्ति सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा चालु आ.ब. २०८०/०८१ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि तपसिल बमोजिमका छात्रवृत्ति वितरणका लागि जिल्ला छात्रवृत्ति वितरण समितीको मिति २०८०/११/०९ गतेको वैठकको निर्णय अनुसार २०८०/११/१० देखि २१ दिने म्याद राखी सूचना प्रकाशन गर्ने निर्णय भएकोले प्राविधिक छोरीबुहारी, उच्चशिक्षा दलित, उच्चशिक्षा अपाङ्ग र उच्चशिक्षा सिमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति प्राप्त गर्न अध्ययनरत विद्यार्थीहरुले यस कार्यालयको वेव साइट edd.karnali.gov.np मा राखिएको छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिलः
क्र.स. |
छात्रवृतिको नाम |
छात्रवृत्ति प्रदान गरिने विषय / तह |
कोटा / रकम |
क्षेत्र |
आवेदन फाराम साथ बुझाउनुपर्ने कागजात |
१ |
प्राविधिक छोरीबुहारी छात्रवृत्ति ७.२.३.२ |
प्राविधिक विषय/ ३ वर्षे डिप्लोमा/ प्रमाणपत्र तह वा सो सरह |
२० जना/ ५० हजार |
सुर्खेत जिल्ला स्थायी ठेगाना भई कर्णाली प्रदेश भित्रको शिक्षालयमा अध्ययनरत |
|
२ |
उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति ७.२.३.४ |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
१५ जना/ २४ हजार |
सुर्खेत जिल्ला स्थायी ठेगाना भई कर्णाली प्रदेश भित्रको सरकारी शिक्षालयमा अध्ययनरत |
|
३ |
उच्चशिक्षा दलित छात्रवृत्ति ७.२.३.३ |
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
१५ जना/ २४ हजार |
सुर्खेत जिल्ला स्थायी ठेगाना भई कर्णाली प्रदेश भित्रको सरकारी शिक्षालयमा अध्ययनरत |
|
४ |
उच्च शिक्षा सिमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति ७.२.५.१५
|
सबै विषय/ स्नातक वा स्नातकोत्तर |
|
कर्णाली प्रदेश स्थायी ठेगाना भई कर्णाली प्रदेश भित्रको सरकारी शिक्षालयमा अध्ययनरत |
|
पुनश्चः
- छात्रवृत्ति वितरणका आधारहरु एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० मा उल्लेखित भए अनुसार हुनेछ,
- लोपोन्मुख तथा सीमान्तकृत समुदाय भन्नाले कर्णाली प्रदेशमा स्थायी बसोबास गर्ने राउटे, कुसुन्डा, राजी, डोल्पो, बोटे, माझी, कुमाल, गन्धर्व, वादी समुदाय र मुक्त हलियाको परिवारलाई सम्झनु पर्छ ।
- छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं., ९८५८०२०२७६, ९८४१४५४७४७, मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । साथै, आवेदक स्वयमको व्यक्तिगत खाताको चेकको प्रतिलिपि अनिवार्य संलग्न राख्नुपर्नेछ ।